‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट कैलालीका भट्ट सम्मानित

कैलालीको पायोनियर स्कलर्स एकेडेमीका प्रिन्सीपल कुल प्रसाद भट्ट प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । ग्रामीण क्षेत्रमा रहेपनि शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै उनलाइ ‘सार्क एजुकेसन अवार्ड २०२३’ प्रदान गरिएको हो ।
‘सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’को सहकार्यमा शनिबार भारतको पश्चिम बङ्गाल स्थित सेन्ट जोसेफ स्कुल नर्थ प्वाइन्टमा आयोजित ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र शैक्षिकसंस्था सम्मानित भएका हुन ।
दक्षिण एसियाली राष्ट्रमा सामुदायिक र संस्थागत विद्यालयहरुमा रहि शैक्षिक क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण र सृजनात्मकता विधामा अवार्ड वितरण गरिएको हो ।
नेपालबाट सम्मानित हुनेमा कैलालीको घोडाघोडी–१०, पहलमानपुरमा रहेको पायोनियर स्कलर्स एकेडेमीका प्रिन्सीपल कुल प्रसाद भट्ट, हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, जेम्स स्कुलका प्रिन्सिपल अनिलचन्द्र राई, सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, प्रेरणा विद्यासदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, ऐसेलु भूमे माध्यमिक विद्यालय व्यवस्थान समितिका अध्यक्ष नन्दराम न्यौपाने रहेका छन् । भने, त्यस्तै, भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, इटन गार्डेन स्कुल, द टेलिग्राफ पत्रिकाका सहसम्पादक विवेक क्षेत्री र सेन्ट जोसेफ स्कुल भूटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका पिन्सिपल छिरिङ डिमा रहेका छन् ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...