शान्ति सुरक्षा दिन नसक्ने निकम्मा गृहमन्त्रीको नेविसंघ पोखराले पनि माग्यो राजीनामा

नेपाल विद्यार्थी संघ पोखराले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विरोधमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

नेविसंघ पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर काठमाडौंको भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोध गरेको हो । नेविसंघको पोखरा महानगर कार्यसमितिले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

‘सार्वजनिक स्थलमा दिउँसै सह–महामन्त्री महेन्द्र यादवमाथि आक्रमण हुनु गम्भीर छ । पूर्वमन्त्री जस्ता व्यक्तिको सुरक्षा दिन नसक्ने गृहमन्त्रीले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्न सक्नेमा जनतालाई विश्वास छैन’, सभापति विपिन पौडेलले भनेका छन् ।

नेविसंघ कास्कीका क्षेत्र नं. २ का सभापति अमन केसी, महानगर कार्यसमितिका सह–सचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण केसी, आयुष थापालगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...