५ नेपाली खेलाडीलाई अर्ना बियरले ८ लाख ५० हजार पुरस्कार दिने

अर्ना बियरले आफ्नो प्रतिवद्धता अनुसार एसिया कप क्रिकेट -२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागीमध्ये ५ नेपाली खेलाडीलाई कूल ८ लाख ५० हजार पुरस्कार दिने भएको छ ।

अर्ना बियरले नेपाल र भारतबीचको खेलमा छक्का प्रहार गर्नेलाई प्रतिछक्का १ लाख, चौका प्रहार गर्नेलाई प्रतिचौका २५ हजार र विकेट लिनेलाई प्रतिविकेट एक लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

श्रीलंकामा सम्पन्न भारत र नेपालबीचको म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले सोमबार सामाजिक सञ्जालमार्फत नेपालले गरेको ब्याटिङका आधारमा ५ जना खेलाडीलाई पुरस्कार दिने जानकारी दिएको छ ।

अर्ना बियरले दिएको जानकारी अनुसार नेपालका कुशल भूर्तेलले सर्वाधिक २ लाख ७५ हजार रकम पाउने भएका छन् । उनले भारतविरुद्ध ३ चौका र २ छक्कासहित ३८ रन बनाएका थिए । त्यस्तै १ चौका र २ छक्का प्रहार गरेको सोमपाल कामीले २ लाख २५ हजार पाउने भएका छन् । उनले ४८ रन बनाएका थिए । त्यस्तै भारतविरुद्धको खेलमा ऐतिहाँसिक अर्धशतक प्रहार गरेका आसिफ शेखले २ लाख तथा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले जनही ७५ -७५ हजार पुरस्कार पाउने भएका छन् । भातरविरुद्ध नेपालका ५ खेलाडीबाट कूल १८ चौका र ४ छक्का प्रहार भएको थियो ।

नेपालले दिएको २३१ रनको सम्मानजनक लक्ष्य पछ्याएर ब्याटिङ थालेको भारतले २ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । लामो समयसम्म वर्षाका कारण खेल अवरुद्ध बनेपछि २३ ओभरमा झारिएको खेलमा भारतले १४५ रनको लक्ष्प पाएको थियो ।

जवाफमा भारतले २० दशमलव १ ओभरमा बिना कुनै विकेटको क्षतिमा १४७ रन बनाएपछि खेल १० विकेटले जितेको थियो । भारतसँगको फराकिलो हारसँगै नेपाल यो सिजनको एसिया कपबाट बाहिरिएको छ । भने समूह चरणबाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...