एशियाकपमा नेपालको सहभागिता

एशिया कप यही भाद्र १३ गतेदेखि शुरु हुँदैछ । यसपटक एशिया कप नेपाली समर्थकको लागि विशेष रहनेछ । विगतमा नेपाल यसमा सहभागि हुन सकेको थिएन । यसपटक भने नेपालले खेल्ने भएको हुँदा यो एशियाकप नेपाली खेलकुदको लागि विशेष हुने भयो । साथै नेपाली क्रिकेटको इतिहासमा यो प्रतियोगिता स्मरणीय रहनेछ ।

नेपालले एसीसी पुरुषको प्रिमियर कप जितेपछि एशिया कपमा खेल्ने तय गरेको हो । नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आईसीसीको एकदिवसीय क्रिकेटको वरियतामा १५ औं स्थानमा छ ।

एशिया कपमा नेपालको समूहमा भारत र पाकिस्तान जस्ता विश्वकप विजेता टोली रहेका छन् । नेपालको समूहमा यी महारथी परेको हुँदा भारतीय मिडियामा पनि नेपालको चर्चा भइरहेको छ । यसमा भारतले सात पटक एशिया कप जितिसकेको छ भने पाकिस्तानले दुई पटक मात्रै जित्न सकेको छ ।

एशियाकपको अघिल्लो संस्करण टी २० फरम्याटमा खेलाइएको थियो । तर, यसपटक भने प्रतियोगिताको फरम्याट परिवर्तन गरिएको छ । यसै वर्ष अक्टोबरमा भारतमा ५० ओभरको विश्वकप शुरु हुने हुँदा एशिया कपलाई ५० ओभरमा खेलाइने भएको हो ।

१६ औं संस्करण

यो एशिया कप १६ औं संस्करणको हुनेछ । सन् १९८४ देखि शुरु भएको यो प्रतियोगिता आईसीसी बाहिरको हो । यसको डिफेन्डिङ च्याम्पियन श्रीलंका हो । २०२२ को फाइनलमा श्रीलंकाले पािकस्तानलाई हराएको थियो । यो श्रीलंकाको छैटो एशिया कप उपाधि थियो । भारत भने सुपर चारबाटै बाहिरिएको थियो ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान र बंगलादेशले पनि सहभागिता जनाउनेछन् । ६ टोली सहभागि प्रतियोगितामा तीन–तीन टोलीलाई दुई समूहमा विभाजित गरिएको छ । नेपाल कठिन समूहमा परेको छ भने अफगानिस्तान रहेको समूहमा श्रीलंका र बंगलादेश सम्मिलित छन् । समूहका शीर्षका दुई दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारमा एक अर्को टोलीसँग खेलिनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको पहिलो खेलमा मुल्तानमा पाकिस्तानसँग नेपालले खेल्नेछ । १३ खेल हुने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...