
कैलालीको भजनी नगरपालिकामा नेकपा एमाले को भात्री संगठन राष्ट्रिय युवासंग को आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नगर कमिटी संयोजक दिनेश कुमाल को सभा अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुरेन्द्र साही रहेका थिए भने विशिष्ट अतिथि राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापा त्यस्तै नेकपा एमाले नगर कमिटी संयोजक हर्क वुढा ,नगर कमिटी अध्यक्ष खड्क वुढा ,नगर कमिटी सचीव राज वुढा लगायत राष्ट्रिय युवा संघ आस्थावान ,नगर कमिटी सदस्य हरु को उपस्थित रहेको थियो
कार्यक्रममा विभिन्न ब्याक्ति हरुले आफ्नो धारणा राखेका थिए त्यस्तै नगर कमिटी संयोजक हर्क बुढा ले नेकपा एमाले बलियो बनाउनु बलियो हुनुको पछाडी राष्ट्रिय युवा संघ को महत्त्वपूर्ण भुमिका रहेको छ !पछिल्लो समय यस भजनी नगरपालिका समेत राष्ट्रिय युवा संघ को महत्त्वपूर्ण योगदान पाटी मात्रै सिमित नभएर जनताको सुखदुःख मा समेत राष्ट्रिय युवा संघ को योगदान गरिरहेको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रिय कमिटी सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र साही ले राष्ट्रिय युवा संघमा लागेका हरेक युवा युवती आफैमा सक्षम छन् उहाँहरु लाई थाहा छ आफ्नो भुमिका केहो भनेर उहाँ हरु कहिले पनि आफ्नो भुमिका भन्दा बाहिर रहेर काम गर्नु हुन । राष्ट्रिय युवा संघमा अहिलेसम्म कुनै पनि ब्याक्ती दाग लागेको छैन र हामी त्यस्तालाई ठाउँ पनि दिदैनौ ! राष्ट्रिय युवा संघमा लाग्ने हरेक ब्याक्ती केहिन केही गरिरहेका छौं ।कोहि ब्यापारी हुनुहुन्छ कोहि कृषि क्रान्तिमा लाग्नु भएको छ र लाग्नु पनि पर्छ । यदि कुनै ब्याक्ती राष्ट्रिय युवा संघमा लागेको छ घरको आर्थिक आस्था कम्जोर हुन पुग्यो अथवा कम्जोर छ पढाई गर्दागर्दै बीचमा रोकिन पुग्यो भने राष्ट्रिय युवा संघले जिम्मेवारी लिन्छ र लिएको पनि छ ।त्यसैले राष्ट्रिय युवा संघ मा लाग्ने ब्याक्ती ढुक्कका साथ लाग्नुस निति नियम भन्दा बाहिर रहेर काम नगर्नुहोस् अफ्ट्यारो परेको बेला साथ दिने हामी छौ उनले भने ।
कार्यक्रम संचालन जिल्ला कमिटी सदस्य सुरेश काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य राष्ट्रिय युवा संघ नगर कमिटी सचीव किस्मत चौधरीले गरेका थिए।।