एमाले गण्डकीले कार्यकर्ताबाट पाँच-पाँच सय उठाएर कार्यालय भवन बनाउने

नेकपा (एमाले) गण्डकी प्रदेशले पार्टी कार्याकर्ताबाट पाँच–पाँच सय रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउने भएको छ।

बिहीबार बसेको गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले पार्टी कार्याकर्ताबाट २५ करोड रुपैयाँ संकलन गरेर प्रदेश कार्यालय भवन बनाउने योजना तय गरेको हो।

प्रत्येक पार्टी सदस्यबाट पाँच-पाँच सय रुपैयाँ उठाइने र सक्नेहरूलाई मुठी फुकाएर सहयोग गर्न आह्वान गरिएको गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले जानकारी दिए।

सभा हल, पार्टी र जनसंगठनको कार्यालयसमेत रहने अत्याधुनिक भवन बनाइने उनले योजना सुनाए ।

गण्डकी प्रदेश कमिटीले ४५ सदस्यीय सचिवालय गठन गर्ने र अर्को बैठकले जिल्लागत जिम्मेवारी तोक्ने पनि बताइएको छ।

नेकपा (एमाले)ले असोज १५ र १६ गते प्रदेश अधिवेशनको पनि तयारी गरेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...