धनगढी: स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले निर्वाचित भएको छोटो समयमै क्याम्पसमा विद्यार्थीका निम्ति महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ। निर्वाचित भए लगत्तै विद्यार्थी शिक्षक बीचको सम्बन्छ राम्रो बनाउन र क्याम्पसको शैक्षिक वातावरण सुन्दर बनाउन शिक्षासङ्गै सीप अभियान सञ्चालन गरेको स्ववियुले अहिले विद्यार्थीलाई शिक्षासङ्गै सीप अभियान पनि सञ्चालन गरिएको छ। क्याम्पसमा पढदा पढ्दै अन्य जीवन निर्वाह गर्न सहज हुने विभिन्न सीपमूलक तालिमहरू र विभिन्न आयोगका कक्षा हरु सञ्चालन गरेको स्ववियु अध्यक्ष यमराज जोशीले बताए। यो सङ्गै बेला बेलामा विभिन्न विषय विज्ञहरु बोलाएर सेमिनारहरु सञ्चालन गर्ने, विद्यार्थीलाई पढाइ सङ्गै अन्य सृजनशील अभियानमा जोड्ने कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष जोशीले जानकारी दिएका छन् ।
विद्यार्थी संगठन र स्ववियुको औचित्य माथि प्रश्न उठिरहेको बेला क्याम्पसमा यस्ता सृजशिला कामहरूले गर्दा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूको स्ववियु प्रति भरोसा बढ्नुका साथै स्ववियुले गरेका गतिविधिमा उत्साहजनक सहभागिता रहँदै आएको छ। अहिले सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरुमा झण्डै एकहजार जनाको सहभागिता रहेको छ। स्ववियुका यस्ता गतिविधिले गर्दा विद्यार्थीहरुले क्याम्पसमा साँच्चिकै स्ववियु हुनुपर्ने रहेछ भन्ने आभास समेत गर्दै आएको पाइन्छ । विद्यार्थीहरुले स्ववियुलाई धन्यवाद समेत दिएका छन्।
अध्यक्ष जोशीले जानकारी दिए अनुसार अहिले निम्न कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको छन्। बाकी कार्यक्रमको सञ्चालनको तयारीमा रहेका छन।
- अङ्ग्रेजी भाषा कक्षा: दिउँसो २ बजेदेखि A Block कोठा नं १८ मा
- शिक्षक सेवा लाइसेन्स तयारी कक्षा : बिहान ६ देखि ७ र ७ देखि ८ बजे दुई ग्रुपमा B Block को सेमिनार मा
- लोकसेवा आयोग तयारी कक्षा: बिहान ६ बजेदेखि B Block कोठा नं १८
- नृत्य कक्षा : साझ ६ बजे म्युजिक क्लब
- गायन कक्षा: बिहान ५:३० बजे म्युजिक क्लब
- बैंकिङ तयारी कक्षा बिहान ६ बजेदेखि B Block को कोठा नं १९
