बझाङको एक परिवारमा मध्यराति खुकुरी प्रहार

बझाङः बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ।

बझाङको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...