कैलालिका ११ वटा स्थानीय तहमा भोलि सार्बजनिक बिदा

कैलाली जिल्ला को १३ वटा स्थानीय तहहरु मध्य भोलि ११ वटा स्थानीय तह ले सार्बजनिक बिदा दिएको छ ।

थारु समुदायको पहिलो महत्त्वपूर्ण मानिने गुरहि पर्वको अबसरमा कैलालीका दुईवटा पाहाडी स्थानीय तह बाहेक अन्य ले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

विभिन्न स्थानीय तहले सूचना जारी गर्दै सार्बजनिक बिदा दिने भनेको हो । बिदा दिनेमा धनगढी उपमहानगरपालिका ,गोदावरी नगरपालिका ,गौरिगंगा नगरपालिका ,घोडाघोडी नगरपालिका ,लम्की चुहा नगरपालिका ,टिकापुर नगरपालिका ,भजनी नगरपालिका ,जोशिपुर गाउँपालिका ,जानकी गाउँपालिका ,बर्दगोरिया गाउँपालिका , कैलारी गाउँपालिका ले भोलि सार्बजनिक बिदा दिने निर्णय गरेका हुन

पाहाडी भोगोलमा रहेका दुई स्थानीय तह मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका ले भने अहिलेसम्म केही पनि सूचना सार्बजनिक गरेका छैनन् ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...