
सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोप बाट बाँचिएको खुसीयालीमा बिशेष गरि सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व निकै महत्त्वपूर्ण को रूपमा लिन्छ।

ओल्के भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ ।