जोशिपुर गा.पा वडा नम्बर ६ का अध्यक्ष भोजराज डगौरा ले यस्तो पत्राचार गरे

कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ६ ले सडकको छेउछाउमा पशु चौपाया नबाध्न भनी पत्राचार गरेको छ ।

जिल्ला को जोशिपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भोजराज डगौरा ले वडा अन्तर्गत रहेका गाउँ टोल र बस्तिका बाटोहरुमा पशु चौपाया ढुङ्गा बालुवा तथा अन्य सडक अबरुद्द हुने खालका बस्तुहरु सडक वरपर नबाँध्न र नराख्न हुन भनी २०८०/४/२५ गते पत्राचार गरेका छन्

वडा अध्यक्ष डगौरा का अनुसार सडकमा राखेका बस्तु चौपाया कारण बर्षातको समयमा बाटो बिग्रनु बाटोमा पानी भरिएर डुबानको समस्या उत्पन्न हुने हुदा सडक को छेउछाउमा गाईगोरु नबाध्न ,नालामा ढुङ्गा, माटो,बालुवा, नथुपार्न आग्रह गरेका छन ।

साथै स्थानिय जनताले आ-आफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत वडा अध्यक्ष ड्गौराले अपिल समेत गरेका छन । यदि कसैले अटेर गरि यस्तो कार्य गरेमा कानुन बमोजिम कार्बाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...