जोशिपुर गा.पा वडा नम्बर ६ का अध्यक्ष भोजराज डगौरा ले यस्तो पत्राचार गरे

कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ६ ले सडकको छेउछाउमा पशु चौपाया नबाध्न भनी पत्राचार गरेको छ ।

जिल्ला को जोशिपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भोजराज डगौरा ले वडा अन्तर्गत रहेका गाउँ टोल र बस्तिका बाटोहरुमा पशु चौपाया ढुङ्गा बालुवा तथा अन्य सडक अबरुद्द हुने खालका बस्तुहरु सडक वरपर नबाँध्न र नराख्न हुन भनी २०८०/४/२५ गते पत्राचार गरेका छन्

वडा अध्यक्ष डगौरा का अनुसार सडकमा राखेका बस्तु चौपाया कारण बर्षातको समयमा बाटो बिग्रनु बाटोमा पानी भरिएर डुबानको समस्या उत्पन्न हुने हुदा सडक को छेउछाउमा गाईगोरु नबाध्न ,नालामा ढुङ्गा, माटो,बालुवा, नथुपार्न आग्रह गरेका छन ।

साथै स्थानिय जनताले आ-आफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत वडा अध्यक्ष ड्गौराले अपिल समेत गरेका छन । यदि कसैले अटेर गरि यस्तो कार्य गरेमा कानुन बमोजिम कार्बाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...