
कैलालीको भजनी नगरपालिका भित्र अधिकांश किसान हरुले चैते धान खेती लगाउने गर्दछन ! बर्खामा डुबान हुने भएकाले किसान् हरुले चैते धान लगाउछ्न चैत धान खेतिलाइ किसान् ले दुईपटक सम्म काट्छन

भजनी नगरपालिका वडा नम्बर ८ कृष्णनगर गाउँका किसानले करिब एक सय बिगाह जमिनमा चैत धान खेती लगाएका थिए फागुन, चैत ,तिर लगाएका किसानहरूले भने पहिलो पटक काटेर भित्र्याइ सकेका थिए

बैशाख तिर लगाएका किसान हरु भने पहिलो बाली भित्र्याउने तिर लागेका थिए करिब पचास बिगाह जमिनमा पहिलो बाली भित्र्याउनु थियो सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी ले किसान हरुले पहिलो बालीनै भित्र्याउन पाएनन्
बिपत राम चौधरी भन्छन् हामीले त पहिलो बाली पनि भित्र्याउन पाएनौं दोस्रो बालीको त के आस गर्नु अहिले दोस्रो बालीमा समेत ५०% उत्पादन रहेकोे थियोे प्रदेश सरकार र संघीय सरकारले भजनी नगरपालिकालाई बाडी डुबान छेत्र घोषणा गरि उचित ब्यबस्थापन गरोस्

राज्य मन्त्री कैलाश चौधरी बिहानै किसान हरुलाइ गएर भेटेका छन् ले भने आफुले यस् बिसयमा सदनमा पहिला पनि कुरा उठाएको थिए तर सरकारले सुनेन आफू अहिले शुदुर पश्चिम को भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय को राज्य मन्त्री मा नियुक्त भएको हुँदा आगामी दिनमा लागी पर्ने छु

यस विषयलाई मैले निकै अध्यन गरेको छु यस क्षेत्रका किसान लाई चैते धान खेतिको लागि विभिन्न किसिमका कार्यक्रम हरु को ब्यबस्था समयमा खाद्य मल बीउ मात्रै ब्यवस्था गरिदिने हो भने किसानले सोचे जस्तो धान उब्जाउनु सक्छन् सरकारले अहिलेसम्म यसलाई ध्यान दिएको थिएन अब यसलाई मैले प्राथमिकतामा राखेको छु आगामी दिनहरूमा मेरो ध्यान यस् तर्फ जानेछ र अहिले थप क्षेतिपुर्ती को लागि जोरदार माग राख्ने छु
