सरस्वती मा.वि. काण्डः अन्तत विश्वनाथ शाह प्र.अ.लाई बनाउने सिफारिस निर्णय

कैलालीको जोशीपुर गाउँपालिका ३ नं. वडामा रहेको सरस्वती माध्यमिक विद्यालय लक्कड मनिकापुरको प्र.अ. विषयको विवाद महिनौ दिन विति सक्दा सम्म पनि टुंगो लाग्न सकेको थिएन । टुंगो नलाग्दा यो विषय जोशीपुर पालिकामा निवेदन परेको थियो । उक्त विषयलाई छलफलको लागि गा.पा. अध्यक्षको रोहवरमा वि.व्य.स., अभिभावक, भलमन्सा, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थितिका लागि आईतबार पत्रचार गरिएको थियो । जस अनुसार आज पालिकाको सभाहलमा बसेको वैठकले शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम प्रधानाध्यपक नियुक्त गर्दा जेष्ठताको आधारमा नियुक्त गर्नु पर्ने व्यवस्था भएकोले सो निर्णय अनुसार गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको निर्देशन दिए पछि उक्त विद्यालय व्यवस्थापन समितिले नि.प्र.अ. पदका लागि विद्यालयमा कार्यरत द्धितिय श्रेणीका शिक्षक विश्वनाथ शाहलाई सिफारिस गरे पछि विवाद टुंगियो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...