चामल निर्यातमा भारतले लगायो रोक

चामल निर्यातमा भारतले रोक लगाएको छ।

भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीवार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ। भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ। आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो। भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...