भानु जयन्तीको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन खप्तड बहुमुखी क्याम्पस को आयोजनामा ‘स्वच्छ हरियाली केएमसी’ अभियानको सुरुवात भएको छ ।आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ती को अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा क्याम्पस भित्र विभिन्न फलफूलका बोटहरू रोपेर स्वच्छ र हरियाली केएमसी अभियानको सुरुवात गरिएको हो ।अगामी दिनमा उक्त अभियानलाई विभिन्न चरणमा कार्यक्रमहरु गर्दै अगाडि बढाउँदै लगिने स्ववियु सभापति पुष्कर अवस्थीले बताएका छन्।

