कपिल दत्त भट्ट फेरि अनेरास्ववियुमा फर्के

धनगढी : नेकपा एमालेबाट अलग भएर बनेको समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू का कैलाली बहुमुखी क्याम्पस कमिटीका सचिव र उक्त संगठनबाट नेतृत्व गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बाट निर्वाचित स्ववियु सदस्य कपिल दत्त भट्ट फेरि एमाले निकट अनेरास्ववियु मै फर्केका छन् । आज धनगढीमा एमाले निकट जन संगठनहरुको सुदुरपश्चिम प्रदेश स्तरीय भेलामा पार्टीका कार्यवाहक माहसचिव प्रदीप ज्ञवालीले उपस्थितिमा भट्ट पुनः एमालेमा फर्केका हुन । केहीदिन अगाडि माओवादी समाजवादी लगाएतका दलहरुको समाजवादी मोर्चा बनेदेखि नेतृत्व सङ्ग असन्तुष्ट भट्टले सामाजिक सञ्जालमा समाजवादी मोर्चा स्वार्थी मोर्चा मात्र भएको गुनासो गर्दै आएका थिए। भट्ट लगाएतका समाजवादी निकट अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसका अन्य व्यक्तिहरू पनि एमालेमा फर्केका छन । कपिल दत्त भट्ट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने दोस्रो उम्मेद्वार पनि हुन, उनी विद्यार्थीहरू बीच नीकै लोकप्रिय पनि रहेका छन।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...