कपिल दत्त भट्ट फेरि अनेरास्ववियुमा फर्के

धनगढी : नेकपा एमालेबाट अलग भएर बनेको समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू का कैलाली बहुमुखी क्याम्पस कमिटीका सचिव र उक्त संगठनबाट नेतृत्व गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बाट निर्वाचित स्ववियु सदस्य कपिल दत्त भट्ट फेरि एमाले निकट अनेरास्ववियु मै फर्केका छन् । आज धनगढीमा एमाले निकट जन संगठनहरुको सुदुरपश्चिम प्रदेश स्तरीय भेलामा पार्टीका कार्यवाहक माहसचिव प्रदीप ज्ञवालीले उपस्थितिमा भट्ट पुनः एमालेमा फर्केका हुन । केहीदिन अगाडि माओवादी समाजवादी लगाएतका दलहरुको समाजवादी मोर्चा बनेदेखि नेतृत्व सङ्ग असन्तुष्ट भट्टले सामाजिक सञ्जालमा समाजवादी मोर्चा स्वार्थी मोर्चा मात्र भएको गुनासो गर्दै आएका थिए। भट्ट लगाएतका समाजवादी निकट अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसका अन्य व्यक्तिहरू पनि एमालेमा फर्केका छन । कपिल दत्त भट्ट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने दोस्रो उम्मेद्वार पनि हुन, उनी विद्यार्थीहरू बीच नीकै लोकप्रिय पनि रहेका छन।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...