मेडिकल विश्वविद्यालय रोक्ने षडयन्त्र नगर्न सरकारलाई स्ववियु अध्यक्षहरुको चेतावनी

कैलाली : गेटामा झण्डै ६ अर्व राज्यको लगानीमा भौतिक संरचना निर्माण भइसकेको प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नाम दिई तत्काल सञ्चालन गर्न आन्दोलन चलिरहेको छ। विभिन्न राजनीतिक दल, दलका भातृ संगठन, र विभिन्न संघ संस्थाहरु पनि उक्त मेडिकल विश्वविद्यालय बन्नु पर्छ भनेर आन्दोलित छन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति निर्माण गरेर पनि आन्दोलनका विभिन्न कार्यक्रम गरिदै आएकाछन् । त्यसैगरी आज कैलाली जिल्लामा रहेका विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरुले पनि मेडिकल विश्वविद्यालय रोक्न विभिन्न मेडिकल माफियाहरुसङ्ग सेटिङमा लागेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा नलाग्न र तत्काल सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाइ विश्वविद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। सरकारले यसमा आनाकानी गरे कडा आन्दोलनमा जाने चेतावनी समेत विज्ञप्ति मार्फत उल्लेख गरिएको छ। संघर्ष समितिका सदस्यहरुलाई प्रशासनले विभिन्न मुद्दा लगाउने र थुनामा राख्ने गरेकाले तत्काल ती गतिविधि रोक्न अनुरोध गरिएको छ। जिल्लाका ११ वटा क्याम्पसका सभापति हरुको हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै सरकारले तत्काल प्रक्रिया अगाडि नबढाए कडा आन्दोलनमा जाने चेतावनी समेत दिईएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...