मेडिकल विश्वविद्यालय रोक्ने षडयन्त्र नगर्न सरकारलाई स्ववियु अध्यक्षहरुको चेतावनी

कैलाली : गेटामा झण्डै ६ अर्व राज्यको लगानीमा भौतिक संरचना निर्माण भइसकेको प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नाम दिई तत्काल सञ्चालन गर्न आन्दोलन चलिरहेको छ। विभिन्न राजनीतिक दल, दलका भातृ संगठन, र विभिन्न संघ संस्थाहरु पनि उक्त मेडिकल विश्वविद्यालय बन्नु पर्छ भनेर आन्दोलित छन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति निर्माण गरेर पनि आन्दोलनका विभिन्न कार्यक्रम गरिदै आएकाछन् । त्यसैगरी आज कैलाली जिल्लामा रहेका विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरुले पनि मेडिकल विश्वविद्यालय रोक्न विभिन्न मेडिकल माफियाहरुसङ्ग सेटिङमा लागेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा नलाग्न र तत्काल सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाइ विश्वविद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। सरकारले यसमा आनाकानी गरे कडा आन्दोलनमा जाने चेतावनी समेत विज्ञप्ति मार्फत उल्लेख गरिएको छ। संघर्ष समितिका सदस्यहरुलाई प्रशासनले विभिन्न मुद्दा लगाउने र थुनामा राख्ने गरेकाले तत्काल ती गतिविधि रोक्न अनुरोध गरिएको छ। जिल्लाका ११ वटा क्याम्पसका सभापति हरुको हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै सरकारले तत्काल प्रक्रिया अगाडि नबढाए कडा आन्दोलनमा जाने चेतावनी समेत दिईएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...