कैलाली: कैलालीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।मंगलबार साँझ घोडाघोडी नगरपालिका–६ झल झलीयाको भित्री सडकमा ट्याक्टरबाट खसेर बर्दगोरिया गाउँपालिका–३ खैरेनी शिविरका २७ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।बर्दगोरिया–३ खैरेनी शिविरकै २७ वर्षीय सुवास चौधरीले चलाएको ना४त ८७१५ नम्बरको ट्याक्टरबाट खस्दा अर्जुनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
