अनेरास्ववियुको माग लोकसेवा आयोग परीक्षा दस्तुर निःशुल्क गर्नेदेखि तयारी गराउने निजी संस्थाको नियमनसम्म

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीसमक्ष चार बुँदे लिखित माग प्रस्तुत गरेको छ ।अनेरास्ववियुको केन्द्रीय कमिटीले लोक सेवा आयोगले लिने परीक्षा दस्तुर निःशुल्क गर्नदेखि लोक सेवा तयारी कक्षा सञ्चालन गराउने निजी संस्थाहरुलाई नियमन गर्नुपर्नेसम्मका माग गर्दै ध्यानाकर्षण गराएको हो ।संविधानको धारा २४३ बमोजिम लोक सेवा आयोगले लिने परीक्षाहरुमा लोक सेवा ऐन, २०७९ को ४८ मा सरकारले बजेट व्यवस्थापन गर्ने र दफा ४९ मा आयोगले दस्तुर तथा शुल्क निर्धारण गर्ने प्रावधान उल्लेख गर्दै अखिलले १५०० रुपैयाँसम्मको दस्तुर लिनुले गरिब, बेरोजगार युवाहरुलाई परीक्षाको प्रक्रियमा सामेल हुनै निरुत्साहित गरेको उल्लेख गरेको छ।

यस्ता छन् अखिलका मागहरुः

१. लोक सेवा आयोगले लिने परीक्षा दस्तुर सम्बन्धमा लोकसेवा आयोगलाई एक संवैधानिक अंगको रुपमा रहेकोमा आयोगको प्रथम दायित्व प्रत्येक नागरिकलाई आर्थिक रुपमा भार नपर्ने गरी धारा २४३ बमोजिम लिइने परीक्षाहरुमा सामेल गराउनु पर्ने हुनु पर्दछ । लोक सेवा ऐन, २०७९ को दफा ४८ हेर्दा सरकारले लोक सेवा आयोगलाई बजेटको व्यवस्था गर्ने भन्ने उल्लेख छ भने दफा ४९ ले दस्तुर तथा शुल्क आयोगले निर्धारण गरे बमोजिम हुनेछ भनी प्रावधान राखेको छ । यसरी वर्तमान रुपमा लोक सेवा आयोगले रु.१५०० सम्म दस्तुर लिने गरेकोमा यो प्रावधानले गरिब, बेरोजगार युवाहरुलाई लोक सेवा परीक्षाको फर्म भर्न समेत निरुत्साहित गरेको छ ।नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेकोमा प्रत्येक नेपालीले सरकारी /अर्धसरकारी सेवाको परीक्षामा सहभागी हुन पाउनु रोजगारीको हकसंग पनि जोडिएको हुनाले परीक्षा दस्तुरकै कारणले रोजगारीको प्रकृयामा सामेल हुन नपाउनु रोजगारीको हकको हनन समेत हो । अनेरास्ववियु लोक सेवा आयोगलाई सरकारसँग आवश्यक बजेट माग गरेर परीक्षा दस्तुरको सम्बन्धमा नि:शुल्क हुने निर्धारण गर्न आयोग समक्ष माग गर्दछ ।२. परीक्षा पाठ्यक्रम सम्बन्धमालोक सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम तथा परीक्षण विधिका सन्दर्भमा आम युवाहरुको पहुँचमा पुग्न नसकेको देखिन्छ । सबै प्रकारका सेवाहरुमा विषयगत ज्ञानभन्दा सामान्य ज्ञानलाई पाठ्यक्रममा समावेश गरिएको भन्ने गुनासो सुनिन्छ । आम युवालाई पनि आफ्नो विषयगत ज्ञानका आधारमा लोक सेवा आयोगको परीक्षामा समावेश हुन प्रेरणा मिल्ने गरी परीक्षा प्रणली र विधिमा अन्तराष्ट्रिय प्रचलन अनुसार वैज्ञानिक ढंगले परिमार्जन गर्नुृपर्ने देखिन्छ । प्राविधिक पदका लागि लिइने परीक्षाहरुमा समेत विषय विज्ञतालाई आधार बनाएर परीक्षा प्रणलीको विकास गनुृपर्ने देखिन्छ । समयानुकुल पाठ्यक्रम परिमार्जनका लागि अनेरास्ववियु जोडदार माग गर्दछ ।३. लोकसेवा परीक्षा तयारीका लागि खोलिएको नीजि संस्थाहरुको नियमन सम्बन्धमा ।लोक सेवा परीक्षाको तयारी गराउने उद्देश्य राखेर खोलिएका निजी ईन्स्टीच्युटहरुलाई नियमन गर्नुपर्ने आवश्यक देखिन्छ । सरकारकै उच्च आहोदामा रहेका व्यक्तिहरुलनै निजि इन्स्टीच्युटहरुलाई प्रोत्साहान गर्ने, स्रोत व्यक्तिको रुपमा अध्यापन गराउने गरेकोमा यस्ता गतिविधीहरु रोक्न लोकसेवा आयोगले उपयुक्त कदम चाल्नका लागि अनेरास्ववियुको माग रहेको छ ।४. डाटा हराएको विषयमा ध्यानाकर्ष सम्बन्धमा ।केही समय अगाडी लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हराएको प्रकरणप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधीले भविष्यमा लोक सेवा आयोगको निष्पक्षतामा समेत प्रभाव पार्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माग गर्दछौँ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...