भजनी नगर कप फुटबल प्रतियोगिता सम्पन्न ।

कैलालीको भजनी नगरपालिका को रंगशालामा जेठ २७ गते बाट संचालन भएको नगर कप फुटबल प्रतियोगिता हिजो अषाढ २ गते सम्पन्न भएको छ ।
क्लब का अध्यक्ष दिनेश कुमाल को सभा अध्यक्ष मा भएको कार्यक्रममा का प्रमुख अतिथी नगर प्रमुख केवल चौधरी रहनुभएको थियो । राजनीतिदल,पत्रकार,सुरक्षाकर्मी,विभिन्न संघ संस्थाका कर्मचारी, खेल प्रेमी ,विभिन्न क्लबका प्रशिक्षक र स्थानीयहरुको उपस्तिथि रहेको थियो।

भजनी क्लब भजनीको आयोजना र भजनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त खेल सन्चालन भएको थियो ।
जसमा १२ वटा टिमहरु दर्ता भएका थिए भने १२ वटा टिमका खेलाडी हरु प्रतिस्पर्धामा उत्रिएका थिए जसमध्ये फाइनल खेलमा वडा नम्बर ९, ए ,टिम र बि ,टिम बीच एका आपसमा प्रतिस्पर्धा भएको थियो ।
जसमध्ये वडा नम्बर ९ बि का विरुद्ध ए , ले १ गोल हानेर प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतियोगितामा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले प्रथम भएको ए.टिमका खेलाडीहरुलाई सम्मान सहित १ लाखको नगद चेक सहित ट्रफी, प्रमाण पत्र र मेडल हस्तान्तरण गरेका थिए ।दोस्रो स्थान हासिल गर्ने वि .टिमका खेलाडीहरुलाई ५० हजारको चेक सहित ट्रफी, प्रमाण पत्र र मेडल हस्तान्तरण ।

उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, मेडल सहित सम्मान गरिएको थियो ।
विभिन्न तह तप्काबाट सहयोग गर्ने संघ संस्थाहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो भनाइ राख्दै बिजयी हुने दुईवटै टिमका खेलाडीहरुलाई बधाई का साथै । बिजयी हुने खेलाडी लाई राष्ट्रिय स्तर सम्मका खेलमा आगामी दिनहरूमा सहभागी गराउन जोड दिनुपर्ने कुरामा सबैको हातेमालो हुन जरुरी छ र गराउनु को निम्ति नगरपालिका सकारात्मक रहेकोे बताउनुभयो ।

उक्त कार्यक्रमका सन्चालक भने डम्बर जोशी ले गरेका थिए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...