भजनी नगर कप फुटबल प्रतियोगिता सम्पन्न ।

कैलालीको भजनी नगरपालिका को रंगशालामा जेठ २७ गते बाट संचालन भएको नगर कप फुटबल प्रतियोगिता हिजो अषाढ २ गते सम्पन्न भएको छ ।
क्लब का अध्यक्ष दिनेश कुमाल को सभा अध्यक्ष मा भएको कार्यक्रममा का प्रमुख अतिथी नगर प्रमुख केवल चौधरी रहनुभएको थियो । राजनीतिदल,पत्रकार,सुरक्षाकर्मी,विभिन्न संघ संस्थाका कर्मचारी, खेल प्रेमी ,विभिन्न क्लबका प्रशिक्षक र स्थानीयहरुको उपस्तिथि रहेको थियो।

भजनी क्लब भजनीको आयोजना र भजनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त खेल सन्चालन भएको थियो ।
जसमा १२ वटा टिमहरु दर्ता भएका थिए भने १२ वटा टिमका खेलाडी हरु प्रतिस्पर्धामा उत्रिएका थिए जसमध्ये फाइनल खेलमा वडा नम्बर ९, ए ,टिम र बि ,टिम बीच एका आपसमा प्रतिस्पर्धा भएको थियो ।
जसमध्ये वडा नम्बर ९ बि का विरुद्ध ए , ले १ गोल हानेर प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतियोगितामा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले प्रथम भएको ए.टिमका खेलाडीहरुलाई सम्मान सहित १ लाखको नगद चेक सहित ट्रफी, प्रमाण पत्र र मेडल हस्तान्तरण गरेका थिए ।दोस्रो स्थान हासिल गर्ने वि .टिमका खेलाडीहरुलाई ५० हजारको चेक सहित ट्रफी, प्रमाण पत्र र मेडल हस्तान्तरण ।

उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, मेडल सहित सम्मान गरिएको थियो ।
विभिन्न तह तप्काबाट सहयोग गर्ने संघ संस्थाहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो भनाइ राख्दै बिजयी हुने दुईवटै टिमका खेलाडीहरुलाई बधाई का साथै । बिजयी हुने खेलाडी लाई राष्ट्रिय स्तर सम्मका खेलमा आगामी दिनहरूमा सहभागी गराउन जोड दिनुपर्ने कुरामा सबैको हातेमालो हुन जरुरी छ र गराउनु को निम्ति नगरपालिका सकारात्मक रहेकोे बताउनुभयो ।

उक्त कार्यक्रमका सन्चालक भने डम्बर जोशी ले गरेका थिए ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...