काठमाण्डौ: प्रतिनिधी सभामा बोल्दै संसद डा.सिके रावतले बजेट सत्ता पक्षका ठूला नेता सरकारका मन्त्री प्रधानमन्त्री हरुले लुटेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले गोरखामा सत्ता पक्षका नेता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरा, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा देशको कुन बजेटको ५१ प्रतिशत बजेट छुट्याएको र बाकी सबै निर्वाचन क्षेत्रमा ४९ प्रतिशत मात्र बजेट छुट्याइएकोले रावतलाई आक्रोसित हुँदै यो बजेट छुट्याइएको होइन लुटेको हो भनेका छन् । बैंक लुटेराहरुले बैंक लुटेर भाग्दा हतारमा केही छुटछ त्यसरी उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजाँदै गर्दा छुटेको बजेट अरु ठाउँ परेको हो भनेर टिप्पणी समेत गरेकाछन्। ।
