भोलि विद्यालय बन्द नगर्न बालेनको निर्देशन जबरजस्ती गरे कारवाही गर्ने

काठमाण्डौ महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् । 

मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि काम नगर्न सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई पदबाट हटाइनेर कारवाही गर्ने चेतावनी दिएका छन् ।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत चेतावनी दिएका छन् । 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...