भोलि विद्यालय बन्द नगर्न बालेनको निर्देशन जबरजस्ती गरे कारवाही गर्ने

काठमाण्डौ महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् । 

मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि काम नगर्न सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई पदबाट हटाइनेर कारवाही गर्ने चेतावनी दिएका छन् ।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत चेतावनी दिएका छन् । 

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...