प्रदेशको नयाँ आर्थिक वर्षको बजेट २९ अर्ब २६ करोड ५९ लाख

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी नया आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष ०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याइएको छ । शुक्रबार प्रदेश मुख्यमन्त्री कमलबहादुर साहले पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको जानकारी दिए ।त्यस्तै चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजित गरिएको घोषणा गरे । त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८.०२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३० करोड अर्थात् १.०३ प्रतिशत हुने गरी विनियोजन गरिएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. १ अर्ब ५० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु. ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु. ६ करोड ५६ लाख ८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ५२ करोड ३ लाख रहेको छ ।चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ३ अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु. ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ७७ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ६२ करोड प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री नरेश शाहीले घोषणा गरेका छन् ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...