सिटिजन लाइफ इन्स्योरेन्स क. ली. बौनिया शाखाद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर ३लाख ६४ हजार पाँच सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा नं ७ घैला बौनियाँ निवासी स्वर्गीय अमर सिं डगौराको श्रीमती शान्ति देवि चौधरी लाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।

स्वर्गीय अमर सिं डगौराले २०७७ साल कात्तिक ७ गते पोलिसी नम्बर ७०५००००००१८१ नम्बरको १ लाख ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए । बीमा गरेको छोटो समयमा नै उनको गत २०७९ साल १२ महिना २५ गते ट्याक्टर दुर्घटना परि निधन भएको थियो ।

उक्त रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बौनियाँ शाखा प्रमुख खडग सि. गडसिला , जोशिपुर गाउँपालिका वडा नं ७ का अध्यक्ष बम बहादुर शाह , निबर्तमान वडा अध्यक्ष जंग बहादुर थारु ,बौनियाँ गाउँ भलमन्सा ,पत्रकार र अन्य एजेन्सीका साथसाथै स्थानीय बासीहरुको उपस्थितिमा कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका बौनियाँ शाखा प्रमुख गडसिलाले बीमा बचत ,दिधकालिन लगानीको साथसाथै आर्थिक सुरक्षा भएको बताउनुभयो ।

वडा न ७ का अध्यक्ष बम बहादुर शाहले बीमा सबैले आफ्नो क्षमता अनुसार गर्दा राम्रो हुन्छ । केही नभएमा बुढेसकालको साहारा हुने केही भैहालेको खन्डमा परिवारलाई राहत ,अथवा, सहयोग मिल्छ । आज स्वर्गीय अमर डगौराले बिमा गरेकै कारण उहाँको परिवारलाई केही आर्थिक राहत मिलेको छ । उहाले बताउनु भयो ।

निबर्तमान वडा अध्यक्ष थारूले बिमा आफ्नो क्षमता अनुसार गर्नुहोस् र अनि नियमित बीमा शुल्क बुझाउन पनि आग्रह गर्नु भयो ।

मृतक बीमितको श्रीमती शान्ति देवी चौधरीका अनुसार ‘बीमा डबल मात्र नभई गाह्रो पर्दा साथ दिने रैछ भन्ने कुरा मैले बुझें र सबैलाई बीमा गर्न आग्रह गर्नुको साथै सिटिजन लाइफ इन्स्योरेन्स लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।

सुदरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत

सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ। सहमतीसँगै स्थानीय...