सिटिजन लाइफ इन्स्योरेन्स क. ली. बौनिया शाखाद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर ३लाख ६४ हजार पाँच सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा नं ७ घैला बौनियाँ निवासी स्वर्गीय अमर सिं डगौराको श्रीमती शान्ति देवि चौधरी लाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।

स्वर्गीय अमर सिं डगौराले २०७७ साल कात्तिक ७ गते पोलिसी नम्बर ७०५००००००१८१ नम्बरको १ लाख ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए । बीमा गरेको छोटो समयमा नै उनको गत २०७९ साल १२ महिना २५ गते ट्याक्टर दुर्घटना परि निधन भएको थियो ।

उक्त रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बौनियाँ शाखा प्रमुख खडग सि. गडसिला , जोशिपुर गाउँपालिका वडा नं ७ का अध्यक्ष बम बहादुर शाह , निबर्तमान वडा अध्यक्ष जंग बहादुर थारु ,बौनियाँ गाउँ भलमन्सा ,पत्रकार र अन्य एजेन्सीका साथसाथै स्थानीय बासीहरुको उपस्थितिमा कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका बौनियाँ शाखा प्रमुख गडसिलाले बीमा बचत ,दिधकालिन लगानीको साथसाथै आर्थिक सुरक्षा भएको बताउनुभयो ।

वडा न ७ का अध्यक्ष बम बहादुर शाहले बीमा सबैले आफ्नो क्षमता अनुसार गर्दा राम्रो हुन्छ । केही नभएमा बुढेसकालको साहारा हुने केही भैहालेको खन्डमा परिवारलाई राहत ,अथवा, सहयोग मिल्छ । आज स्वर्गीय अमर डगौराले बिमा गरेकै कारण उहाँको परिवारलाई केही आर्थिक राहत मिलेको छ । उहाले बताउनु भयो ।

निबर्तमान वडा अध्यक्ष थारूले बिमा आफ्नो क्षमता अनुसार गर्नुहोस् र अनि नियमित बीमा शुल्क बुझाउन पनि आग्रह गर्नु भयो ।

मृतक बीमितको श्रीमती शान्ति देवी चौधरीका अनुसार ‘बीमा डबल मात्र नभई गाह्रो पर्दा साथ दिने रैछ भन्ने कुरा मैले बुझें र सबैलाई बीमा गर्न आग्रह गर्नुको साथै सिटिजन लाइफ इन्स्योरेन्स लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...