चेतन ऐडि हत्याका मुख्य आरोपी धनगढीबाट पक्राउ

धनगढीः २०७९ मंसिर ४ गते हत्या गरिएका बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदिप अयडीको हत्याका मुख्य अभियुक्त रनसिंह अयडी पक्राउ परेका मंसिर ४ गतेको प्रतिनिधिसभाको मतदानका क्रममा उनीमाथि आक्रमण गरी हत्या भएको थियो।चेतनको हत्या भएको करिव छ महिना पछि हत्यारा पक्राउ परेका हुन्। उनी नेपाली कांग्रेसका स्थानीय नेता हुन्। उनलाई बिहीबार नेपाल प्रहरी राष्ट्रिय युवा संघ र नेरास्ववियुको टोलीले धनगढीको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रतिनिधिसभाको मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर चेतन अयडीलाई कांग्रेसका कार्यकताले कुटपिट गर्दा मृत्यु भएको थियो।चेतन नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए। सोहि घटनामा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीको गोली लागेर नेपाली कांग्रेसका स्थानीय नेता २५ वर्षीय सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...