कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेशसभा अगाडि थाल ठटाएर प्रदर्शन गरिएको छ। गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेशसभाबाट संकल्प प्रस्ताव पास गरेर केन्द्र सरकारमा पठाउन दवावका लागि बिहीबार उक्त प्रदर्शन गरेको हो।सरकारले गेटामा मेडिकल विश्वविद्यालय संचालन गर्ने भनेअनुसार अब संसदमा संचालनको लागि विधेयक पारित गर्न र तत्काल ६ सय शय्या अस्पताल संचालन गर्न माग गर्दै संघर्ष समितिद्वारा आन्दोलन जारी छ।
