प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छि ध्रुबे लगाएतका ८ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।
