प्रदेश सभा अगाडि थाल ठटाएर विरोध गरिने

धनगढी : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन आज बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडी थाल ठटाएर विरोध गरिने भएको छ ।गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आयोजनामा संघिय संसदमा गेटामा स्वास्थ्य विश्वविद्यालयका लागि संकल्प प्रस्ताव र विधेयक पेश गरिनुपर्ने माग गर्दै आज दिउँसो ३ बजे थाल बजाइन लागिएको छ । संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले सरकार र सांंसदहरुबाट गेटामा स्वास्थ्य विश्वविद्यालय बनाइने प्रतिवद्धता आएपनि बजेटमा भएको त्रुटी सच्याउन प्रक्रिया अगाडी नबढेकाले आन्दोलनका कार्यक्रम अन्तरगत बिहिबार प्रदेश सभा अगाडी थाल बजाउन लागिएको बताएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...