आँखामा कालो पट्टी बाँधेर प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना

धनगढीः गेटामा विश्वविद्यालयको माग राख्दै प्रदेश प्रमुखको कार्यालय अगाडि आँखामा कालो पट्टी बाँधेर धर्ना दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिकाउप संयोजक आनन्द भट्टले आज बिहान १०ः३० बजेबाट प्रदेश प्रमुखको कार्यालय अगाडी आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको बताएका छन्। सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो। तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...