धनगढी । नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने बताएका छन् ।स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका बेला पार्टीको धारणा सार्वजनिक गर्न सोमबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् । बजेटमा केही त्रुटी भएको मात्र हो उनले भनेका छन् । गठबंधन सरकारले नै यो कुरालाई सच्याउँछौ,त्रुटि भएको छ त्यलाई हामी मिलाउँछौँ भनेर बोली सकेपछि अब केही पनि प्रकारका आन्दोलन गर्नुृको अर्थ नरहेको उनले बताए । नेपाल सरकारको २०७९ माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको गरेको थियो ।नेपाल सरकारको आव २०८०–८१ नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालन गर्ने भनिए पनि बजेटमा १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरेपछि विश्वविद्यालय स्थापनाको माग राख्दै सुदूरपश्चिम प्रदेशबासी आन्दोलित भएका छन् ।शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आइतबार सुदूरपश्चिममा आम हड्ताल गरेको थियो । गेटामा ५ अर्वबढी लागतमा भौतिक संरचना निर्माण गरिएका छन् ।
