एमाले सचिब लेखराज भट्टले भने : जनता को माग नै सर्बोपरी हो , बिश्वबिद्धालय को स्थापना हुनुपर्छ।

धनगढी – एमाले केन्द्रिय सचिब लेखराज भट्ट ले गेटामा सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालय स्थापना को लागि भैरहेको आन्दोलन प्रती संकेत गर्दै आफ्नो धारणा सार्बजनिक गरेका छन् ।उक्त मेडिकल कलेज स्थापना मा अग्रणी भुमिका समेत खेलेका नेता भट्ट ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत जनता भन्दा माथी कोहि नरहेको प्रष्ट पारेका छन् ।उनले लेखेका छन्,”पटकपटक सिहंदरवारद्वारा बिकास र अन्य आधारभुत आवश्यकतामा पछि पारींदै आएको सुदूरपश्चिम प्रदेशमा हामी सबैको प्रयासमा सस्तो,सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुने गरि गेटा मेडिकल कलेजको स्थापना गरिएको हो। म सदनमा हुँदा होस या सदनबाहिर यस सस्थाँका निमित्त सदैव लडीरहे, शुरूवाती चरणमा एक्लै भएपनी आवाज उठाईरहे,लडीरहे, निर्माण शुरू भएपछी सबैको साथ र सहयोग पाईयो जसको बलमा आज विशाल सरंचना खडा भएको छ। यद्दपी जस लिनका निमित्त वा खपतका निमित्त प्रचारवाजीमा कहिले पनि लाग्न उचित लागेन किनभने यो मेरो जिम्मेवारी थियो, मेरो क्षेत्र र यहाँका जनताप्रतिको उत्तरदायित्व थियो।सुदूरपश्चिममा निर्माण भएको यो विशाल सरंचनालाई अब मेडिकल हबको रूपमा बिकास गर्नुपर्छ भन्ने मनसायले यसै क्षेत्रका बिज्ञ चिकित्सकसगँ थुप्रै चरणको छलफलपश्चात एउटा निश्कर्षमा पुग्यौं: मेडिकल विश्वविद्यालय । यही उद्देश्यका लागि म निरन्तर प्रयासरत छु। म सदनभित्र भएपनी होस वा सदनबाहिर, शहीद दशरथ चदं राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वविद्यालय सचांलनार्थ आफ्नो भूमिका स्पष्ट रूपमा खेलीरहेकै छु, प्रतिबद्ध छु । जनताको मागभन्दा सर्वोपरी मेरालागी अरू केही हुनै सक्दैन र कहिले भएन पनि। तसर्थ: शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वविद्यालय नैं सचांलन हुनु पर्दछ भन्ने कुरामा म प्रतिबद्ध छु र यसका लागि लाग्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद , आभार।”

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...