धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक सोमवार ३ बजेका लागि बोलाइएको छ। सुदूरपश्चिममा नीति तथा कार्यक्रम माथिको छलफल जारी सोमबार सुदूरपश्चिम प्रदेश सभा प्रवेशमा निषेध छ।तर सोमवार प्रदेश सभा प्रवेशमा निषेध गरिने भएको छ। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले प्रदेश सभा प्रवेशमा निषेध गर्ने भएका हुन्।सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सोमबार २ बजेबाट प्रदेश सभा अगाडि धर्ना तथा घेराउको कार्यक्रम रहेको बताए।संघीय मन्त्रिपरिषदले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ। तर, जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ। संघर्षका कार्यक्रम अन्तर्गत आइतवार सुदूरपश्चिममा आमहड्ताल गरिएको थियो।
