भजनी नगरपालिकामा मेयर कप खेलकुद सुरु

कैलालीको भजनी नगरपालिकामा मेयर कप खेलकुद सुरु भएको छ । नगरपालिका स्तरिय खेलकुद भजनी क्लब का अध्यक्ष दिनेश कुमाल को सभाअध्यक्ष मा भएको कार्यक्रम का प्रमुख अतिथि , भजनी नगरपालिका मेयर केवल चौधरी रहेका थिए बिशिस्ट अतिथि उप प्रमुख राजु तिरुवा, वडा नम्बर ३ अध्यक्ष एवम् नगरपालिका प्रबक्ता बिक्रम चौधरी ,विभिन्न पाटी प्रतिनिधि ,भजनी ईलाका प्रहरी प्रमुख लगायत को उपस्थितिमा खेलकुद समुद्घाटन भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको खेलकुदको पहिलो खेल वडा नम्बर १ अन्तर्गत र वडा नम्बर ३ अन्तर्गत का क्लव हरु विच फुटवल खेल भएको थियो । जसमा वडा नम्बर ३को युवा क्लव ले विजय हासिल गरेको छ ।

मेयर केवल चौधरीले बोल्दै यस्तो भने :यो बर्ष बिबिध कारण ले खेल ढिलो भयपनी अर्को पाली भने छिटो गर्ने परियास गर्ने छौ र मेयर कप खेलकुद शौहार्दपूर्ण वातावरणमा अनुशासित भई खेल खेलिदिन सम्पूर्ण खेलाडीहरुलाई नगरपालिका मेयर केवल चौधरीले आग्रह गर्नु भएको छ।

हिजो शनिबार २७गते चलेको खेल बिहीबार ३२ गते सम्म खेल खेलाइने क्लब का अध्यक्ष ले बताए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...