
दादुरा रुबेला खोप अभियान सम्बन्धि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई वडास्तरीय अभिमुखीकरण कार्यक्रम जोशिपुर गाउँपालिका वड नम्बर ७ मा सम्पन्न भएको छ । शनिबार जोशिपुर गाउँपालिकाको वडा नम्बर ७ को सामुदायिक भवनमा स्थानीय जनप्रतिनिधि, पत्रकार विभिन्न विद्यालय शिक्षक प्रतिनिधि, संघ-संस्था प्रतिनिधि लगायत स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो ।
कार्यक्रममा दादुरा, रुवेला रोगको न्यूनीकरण कसरी गर्न सकिन्छ यसमा स्थानीय सरोकारवाला पक्षकाे भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै जोशिपुर गाउँपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष बम बहादुर शाह ले आफ्नो वडामा उक्त अभियानलाई सशक्त रुपमा सम्पन्न गर्दै यसलाई थप प्रभावकारी बनाउन वडा लागिपरेको छ आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए । उक्त अभियानलाई सफल पार्न आम स्थानीय सरोकारवाल पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।
खोप अभियान जेठ २८ गते देखी असार १ गते सम्म संचालन हुने भएको छ । उक्त खोप बिद्यालय बाट दिइने भएको हो । जेठ २८ गते श्री बि.पि स्मुति घैला बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म , जेठ ३० गते श्री जनता आ. वि लोहागढ बिहान ६ बजेदेखि ११ बजेसम्म ,जेठ ३० गते सिद्धार्थ ई .बो. स्कुल बौनियाँ समय बिहान् ६ बजेदेखि ११ बजेसम्म जेठ ३१ गते रघुनाथ मा.बि बौनियाँ बिहान् ६ बजेदेखि ११ बजेसम्म ,जेठ ३१ गते होलिल्याण्ड ई.बो.स्कुल बौनियाँ बिहान ६ बजेदेखि ११ बजेसम्म जेठ ३२ गते बौनियाँ स्वास्थ्य चौकी बिहान् १० बजेदेखि साझ ४ बजेसम्म र असार १ गते बौनियाँ स्वास्थ्य चौकी बिहान १० बजेदेखि साझ ४ बजेसम्म रहेको बौनियाँ स्वास्थ्य चौकी बौनियाँ प्रमुख धुव प्रसाद भट्टराई ले बताए।
खोप ६ महिना देखि १५ वर्ष उमेर सम्मका बालबालिकालाई दिइने भएको हो । समयमै नियमित खोप लगाइ आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु बाट बचाऔ ।