
कैलालीको जोशिपुर गाउँपालिका मा आजदेखि गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले आज (शुक्रवार) जेठ २८ गते देखि १ गतेसम्म बिद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत बिद्यालयलाई अनुरोध गरेको छ। हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।
