
कैलालीको जोशिपुर गाउँपालिकामा यहीँ जेठ २८ गतेदेखि दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली सहित ९ जिल्लाका ६महिना देखी १५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुवेला खोप लगाइने कार्यक्रमअन्तर्गत जोशिपुर गाउँपालिकामा पनि यो खोप लगाइने भएको हो
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमस्वरुप दादुरा रुबेला खोप अभियान कैलाली सहित सुनसरी, मोरङ, महोत्तरी ,बर्दिया, दाङ, सुर्खेत ,कंचनपुर, बाजुरा एकैपटक सन्चालन गरिने भएको छ

खोप अभियान सफल पार्न आज बुधबार २४ गते कैलालीको जोशिपुर गाउँपालिकामा दादुरा रुवेला खोप अभियान संचालन सम्बन्धि पालिका स्तरीय समन्वय समिति संचारकर्मी र सरोकारवाला संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो
पालिकाको स्वास्थ्य शाखा को आयोजनामा भएको कार्यक्रममा दादुरा रुवेला खोपलाइ प्रभावकारी कसरी बनाउन सकिन्छ भने बारेमा सरोकारवला निकायसंघ छलफल भएको छ

यसपटक जोशिपुर गाउँपालिका ७ वटै वडाका बालबालिका लाई दादुरा रुवेला खोप लगाइने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नृप चौधरी बताउनु भयो उहाँका अनुसार पालिकामा ६ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई यो खोप लगाइनेछ

कैलाली सहित ९ जिल्लामा दादुरा महामारी देखिएको र अन्य जिल्लामा फैलन सक्ने जोखिम भएकाले अनिवार्य खोप लगाउन आग्रह गरिएको छ ! एक जना बाट १८ जना सर्न सक्ने उहाँको भनाइ छ दादुरा संक्रमणले मुत्यु समेत हुन सक्ने भन्दै पहिला खोप लगाएको भएपनी पुन यो खोप लगाउन समेत आग्रह गरिएको छ
कार्यक्रममा जोशिपुर गाउँपालिका अध्यक्ष उपाध्यक्ष ले यौटै कुरा दोहोर्याए र खोप अभियानमा सबै बालबालिकाहरु लाई सहभागी गराउन सबैले सहयोग गर्नुपर्ने मा जोड दिनुपर्ने बताए
