जोशिपुर ७ मा सुर्तीजन्य र मादक पदार्थ बिक्री बितरण गरे कारबाही

कैलालीको जोशिपुर गाउँपालिका वडा नम्बर सात मा बिधालय वरपर सरकारी कार्यलय अस्पताल धार्मिक स्थल पाटी पौवा चोक चौराहा लगायत मा सुर्तीजन्य र मादक पदार्थ बिक्री बितरण गर्न नपाइने भएको छ

वडा कार्यलयले विशेष बिधालय वरपर बढी सुर्तीजन्य र मादक पदर्थ बिक्री भैरहेको हुँदा बितरण गर्नेलाई कारबाही गर्ने भएको छ हिजो सार्वजनिक स्थलमा धूम्रपान सुर्तीजन्य र मादक पदार्थ सम्बन्धि सूचना वडा कार्यलय ले टासिंएको छ
वडा अध्यक्ष अनुगमन मा जादा बिधालय को समयमा बिद्यार्थी हरु लाई सुर्तीजन्य मादक पदार्थ धूम्रपान पसलहरु बाट बेचिरहेका पाएको ले यो सूचना निकालेको वडा अध्यक्ष बम बाहादुर शाह ले बताउनुभयो

बिद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागी उक्त अभियानको थालनी गरेको वडा अध्यक्ष बम बहादुर शाह ले बताए

बिधालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री बितरण हुन थालेको गुनासो आएपछि अध्यक्ष अनुगमन जाद सो कार्य भैरहेको पाउदा सूचना जारी गरेको हो

बिधालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए नभएको बारेमा सूचना जारी गरेको मितिले १५ दिनपछि वडा कार्यलय ले अनुगमन गर्ने वडा अध्यक्ष शाही ले बताउनु भयो

उहाँले भनु भो बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ बेचबिखन तथा ओसारपसारमा काम नलगाउन र सार्बजनिक पदमा रहेका ब्यक्तिहरुले सार्वजनिक स्थलमा धूम्रपान जुवा तास सुर्ती सेवन नगर्न नगराउन भनी सूचना निकालेको छौ नियम मिच्नेमाथी कडा रूपमा प्रस्तुत हुनेछौं

सुर्तीजन्य पदार्थ सामाग्रीको प्रयोगले ससाना बिद्यार्थीमा लत्बस्ने र भविस्यमा गम्भीर असर पार्ने हुँदा बिधालय क्षेत्रको करिब ५०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइने छ सुर्तीजन्य पदार्थको प्रयोगले ससाना बिद्यार्थीमा नराम्रो असर पर्छ त्यसैले बिधालय वरपर उक्त पदार्थ बेच्ने नगरौं अभिभावक पनि सचेत हुन जरुरी छ

बिधालय क्षेत्र वरपर सन्चालनमा रहेका होटेल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न वडा कार्यलयले सबैमा आग्रह गरेको छ वडा कार्यलयको आग्रहलाई अटेरी गरि मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्नेलाई कानुनी दायरामा ल्याउने वडा अध्यक्ष शाहिले बताउनु भयो

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऎन ६०६८ को परिच्छेद दुईको दफा चारको उपदफा एकमा कसैले पनि सार्बजनिक स्थलमा धूम्रपान तथा सुर्तीसेवन गर्न पाउने छैन भने ब्यवस्था गरिएको छ

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...