आज साँझ गेटामा आधा घन्टा चक्काजाम गरिने

कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई दबाब दिन आज साँझ आधा घन्टा चक्काजाम गरिने भएको छ।

गेटा संघर्ष समितिले गेटामा निर्माणाधीन संरचनाको मुख्य प्रवेशद्वार अगाडि आधा घन्टा चक्काजाम गर्ने भएको हो। चक्काजाम र आन्दोलन गर्नु रहर नभएर बाध्यता भएको बताउँदै आन्दोलनमा एक्यवद्धता जनाउँन गोदावरी नगरपालिका वडा नम्बर ५ को संघर्ष समितिले आग्रह गरेको छ।

आज अर्थात मङ्गलवार साँझ ५ बजेदेखि ५ः३० सम्म चक्काजाम गरिने संघर्ष समितिका सचिव लोकेन्द्र धामीले बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...