आफ्नो पाठेघर कुहिएको छ र पनि, सासुको फुटेको खुट्टामा ध्यान छ – कविता

शुभेच्छा खनाल

उनी फूल थिन, म सुन्दर कोपिला थिए

मेरी आमा आफ्नी भएर पनि अर्काकी थिइन्……

उनलाई नटिप्नु थियो न चुड्नु थियो, के थियो खै

बा काे प्रेम थियो या पागलपन थियो?

चोखो फूल मन मन्दिरमा चढाउनु थियो…

थाहा छैन, यो पाप थियो या पुन्य थियो ।

बु….हारी नामको रस चरक्क निचोरिन् र आफैले पिइन्..

किनारमा बसेर टलटल बग्दै थिइन्… जिन्दगीको खोलीबाट खुसी बगेर गएको हेर्दै थिइन् ।

रुँदा विकल्प नभेटेपछि,

अघेनी बाट सर्पले झै लखेटीएपछि,

संघर्षका फूल फुल्दा फुल्दै टपक्कै टिपिइएपछि,

उनी, बलेनिको एक्लिएकी पानीको थोपा हुन पुग्दछिन्……!

मलाई थाहा छ उनीसँग थुप्रो ज्ञान छ

आफ्नो पाठेघर कुहिएको छ र पनि

सासुको फुटेको खुट्टामा ध्यान छ

कैयौं ठाउँमा च्यातिएकी, कैयौं ठाउँमा मिचिएकी, मुस्कानको पर्दाले पिडा थिचेकी

साथी, आऊ उनका दुई बात गरौं …संयोगमा संवाद गरौं ।

समाजको नियम पालेर पाल्तु कुकुर झै भएकी छिन्

उनलाई दुनियाले बाँच्न सिकाएको छ र पो आफूलाई खोज्न भुलेकी हुन्न

तर,यतै कतै बेवास्ता मा बिलाएकी छिन्

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...