आफ्नो पाठेघर कुहिएको छ र पनि, सासुको फुटेको खुट्टामा ध्यान छ – कविता

शुभेच्छा खनाल

उनी फूल थिन, म सुन्दर कोपिला थिए

मेरी आमा आफ्नी भएर पनि अर्काकी थिइन्……

उनलाई नटिप्नु थियो न चुड्नु थियो, के थियो खै

बा काे प्रेम थियो या पागलपन थियो?

चोखो फूल मन मन्दिरमा चढाउनु थियो…

थाहा छैन, यो पाप थियो या पुन्य थियो ।

बु….हारी नामको रस चरक्क निचोरिन् र आफैले पिइन्..

किनारमा बसेर टलटल बग्दै थिइन्… जिन्दगीको खोलीबाट खुसी बगेर गएको हेर्दै थिइन् ।

रुँदा विकल्प नभेटेपछि,

अघेनी बाट सर्पले झै लखेटीएपछि,

संघर्षका फूल फुल्दा फुल्दै टपक्कै टिपिइएपछि,

उनी, बलेनिको एक्लिएकी पानीको थोपा हुन पुग्दछिन्……!

मलाई थाहा छ उनीसँग थुप्रो ज्ञान छ

आफ्नो पाठेघर कुहिएको छ र पनि

सासुको फुटेको खुट्टामा ध्यान छ

कैयौं ठाउँमा च्यातिएकी, कैयौं ठाउँमा मिचिएकी, मुस्कानको पर्दाले पिडा थिचेकी

साथी, आऊ उनका दुई बात गरौं …संयोगमा संवाद गरौं ।

समाजको नियम पालेर पाल्तु कुकुर झै भएकी छिन्

उनलाई दुनियाले बाँच्न सिकाएको छ र पो आफूलाई खोज्न भुलेकी हुन्न

तर,यतै कतै बेवास्ता मा बिलाएकी छिन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...