पूर्व राजा धनगढी आउने कार्यक्रम स्थगित

पूर्व राजा धनगढी आउने कार्यक्रम स्थगित

पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। सुरक्षाको कारण राजपरिवारको सुदूरपश्चिम स्थगित भएको हो।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अनुमान गरिएको छ। आयोजकले भने सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...