भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर पक्राउ गरेको थियो खाणलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनुपहिले प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई गरेको हो।

उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेपछि सुरूमै अदालतबाट पुर्जी लिने कि नलिने भनेर प्रहरीले केही समय छलफल गरेको थियो। तर एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाण पनि लुक्न वा भाग्न सक्ने आशंकामा सुरूमा जरूरी पुर्जी थमाउने र त्यसपछिमात्र अदालती प्रक्रियामा पुग्ने निर्णय गरेको प्रहरी उच्च स्रोतले बतायो।

‘अदालतमा पुर्जी लिन जाँदा त्यो कुरा बाहिरिन सक्ने र उनलाई पक्राउ गर्न गाह्रो हुने भएकाले हामीले जरूरी पुर्जी दिएर पक्राउ गरेका हौं,’ प्रहरी स्रोतले भन्यो।

जरूरी पुर्जी लिएर प्रहरी टोली उनको मैजुबहालस्थित निवासमा पुगेको थियो। प्रहरी घरमा आएको थाहा पाएपछि खाण चुकुल लगाएर केहीबेर घरभित्रै बसेका थिए।

यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए।

खाणलाई पक्राउ गरेर अहिले उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकु लगिएको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ।

कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ। आज/भोलि अरू थप मानिसहरू पनि पक्राउ पर्न सक्ने प्रहरीले बताएको छ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...