बेलौरीका ५ नम्बर वडा ले चलाएयो अवैध संरचनामाथि डोजर

कञ्चनपुरको बेलौरी नगरपालिका भित्रका अवैध संरचनामाथि पनि डोजर चलेको छ। बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि जेसिबी (डोजर) चलाएको हो।

सोमवार वडा नम्बर ५ को कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि डोजर चलाएको हो। वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो।

वडा अध्यक्ष लालबहादुर चौधरीका अनुसार ११ वटा घर वडावासीले आफै हटाएका थिए, नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले डोजर चलाएको हो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...