धनगढीको एसपीए कलेजका ‘मास्टर’ को यौन दुर्व्यवहारमा अश्लिल कर्तुत बाहिरिएपछि…

धनगढीको एसपिए कलेजका प्राध्यापक चेतराज भट्ट निष्कासनमा परेका छन्।

छात्राहरूलाई फेसबुक म्यासेन्जरबाट यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कलेजले भट्टलाई निष्कासित गरेको हो। एसपिए कलेजमा कार्यविधि कानून पढाउने प्राध्यापक भट्टले फेसबुकबाट आधा दर्जन छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।कलेजमा अध्ययन गर्ने छात्रालाई रातदिन हैरानी दिने गरेको पीडितले बताएका छन्।

भट्टले यौन दुर्व्यवहार गर्ने गरेको गुनासो आएपछि कलेजले उनलाई निष्कासन गर्दै प्रहरीको जिम्मा लगाएको जनाएको छ। क्याम्पस प्रमुख योगराज उपाध्यायले विद्यार्थीबाट गुनासो आएपछि क्याम्पसले नै भट्टलाई पदमुक्त गर्दै प्रहरीलाई बुझाएको बताए। उनले यो घटनामा सम्पूर्ण कानूनी प्रक्रियामा क्याम्पसले सहयोग गर्नेे बताए।

छात्राहरूलाई भिडियो र म्यासेजमार्फत अश्लील कुरा गर्ने गरेका भट्टका विरुद्ध पीडित छात्राका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएका छन्। भट्ट अहिले कैलाली प्रहरीको नियन्त्रणमा छन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...