धनगढीको एसपीए कलेजका ‘मास्टर’ को यौन दुर्व्यवहारमा अश्लिल कर्तुत बाहिरिएपछि…

धनगढीको एसपिए कलेजका प्राध्यापक चेतराज भट्ट निष्कासनमा परेका छन्।

छात्राहरूलाई फेसबुक म्यासेन्जरबाट यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कलेजले भट्टलाई निष्कासित गरेको हो। एसपिए कलेजमा कार्यविधि कानून पढाउने प्राध्यापक भट्टले फेसबुकबाट आधा दर्जन छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।कलेजमा अध्ययन गर्ने छात्रालाई रातदिन हैरानी दिने गरेको पीडितले बताएका छन्।

भट्टले यौन दुर्व्यवहार गर्ने गरेको गुनासो आएपछि कलेजले उनलाई निष्कासन गर्दै प्रहरीको जिम्मा लगाएको जनाएको छ। क्याम्पस प्रमुख योगराज उपाध्यायले विद्यार्थीबाट गुनासो आएपछि क्याम्पसले नै भट्टलाई पदमुक्त गर्दै प्रहरीलाई बुझाएको बताए। उनले यो घटनामा सम्पूर्ण कानूनी प्रक्रियामा क्याम्पसले सहयोग गर्नेे बताए।

छात्राहरूलाई भिडियो र म्यासेजमार्फत अश्लील कुरा गर्ने गरेका भट्टका विरुद्ध पीडित छात्राका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएका छन्। भट्ट अहिले कैलाली प्रहरीको नियन्त्रणमा छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...