धनगढीका ६ विद्यालयको नतिजा मा ६ जना बिद्यार्थी मात्रै पास भए

धनगढी उपमहानगरपालिकाले लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा विभिन्न ६ विद्यालयका ३/३ विद्यार्थी मात्रै पास भएका छन्। विगतका वर्षभन्दा व्यवस्थित हिसावले परीक्षा सञ्चालन गरेको उपमहानगरमा पास हुने विद्यार्थीको प्रतिशत भने निकै कम छ।

शैक्षिक सत्र २०७९ का लागि ४ हजार ६ सय ३८ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा केबल एक हजार ५ सय ३ विद्यार्थी मात्र पास भएका हुन्। जुन कूल सहभागीको ३२ दशमलव ४१ प्रतिशत हो। धनगढीमा ३/३ जना विद्यार्थी पास हुने ६ वटा विद्यालय मध्ये ५ वटा सामुदायिक हुन् भने एउटा नीजि विद्यालयको हो। सामुदायिक विद्यालयमा धनगढी–६ रघुनगरको वासुदेवी माध्यमिक विद्यालयका ३ विद्यार्थी पास भएका छन्।

यो विद्यालयबाट ६३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। धनगढी–१६ रामपुरको शिव माध्यमिक विद्यालयका २३ जना परीक्षार्थीमा २० जना ननग्रेड भएका छन्। धनगढी–१४ सी गाउँको सर्वोदय माध्यमिक विद्यालयका ४० जना परीक्षार्थीमा ३७ जना अनुत्तीर्ण भएका छन् भने ‘बी’ गाउँको पञ्चोदय माध्यमिक विद्यालय ३० विद्यार्थीमा २७ अनुत्तीर्ण भएका छन्। धनगढी–१२ ‘सी’ गाउँको शारदा माध्यमिक विद्यालयका ४३ परीक्षार्थीमा ४० जना ननग्रेड भएका छन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...