‘महाराष्ट्र भूषण’ अवार्ड समारोह कार्यक्रममा सहभागी भएकामध्ये ११ जनाको अत्यधिक गर्मीका कारण लु लागेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। गर्मीका कारण बिरामी भएका दर्जनौँको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ। रायगढ जिल्ला प्रशासनका अनुसार ज्यान गुमाएका ११ जनामध्ये ८ जना महिला रहेका छन्।
