प्रम प्रचण्डलाई भीम उपाध्यायका सात सुझावः

सामाजिक संञ्जालमार्फत निकै सक्रिय रुपमा देशको बेथिति विसङ्गती विरुद्ध आवाज उठाउदै आएका अभियन्ता तथा पूर्व नेपाल सरकार का सचिव भिम उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेर विभिन्न सुझावहरु दिएका छन् ।

उपाध्यायले गॉजा व्यवसाय नियमन गर्न विज्ञसम्मिलित शक्तिशाली केन्द्रीय व्यवसायिक एजेन्सी गठन गर्नुपर्ने गॉजा कसुरमा कारागारमा रहेका करिब १२ हजार कैदीलाई अन्य कुनै हिंसात्मक अपराध नगरेको भए अपराध मुक्त वा आम माफी दिएर कैद मुक्त गर्नु पर्ने समेत सुझाव दिएका हुन् । यस्तै उपाध्यायले रेमिटेन्सलाई बैधानिक माध्यमबाट भित्र्याउँदै हुण्डी रोक्नका लागि रेमिटेन्स पठाउनेहरुलाई निश्चित रकम नगद अनुदानमा उपलब्ध गराउनुपर्ने लगायत सात वटा सुझावहरु दिएका छन् ।

उपाध्यायले अहिले देशको आर्थिक स्थिति खस्किदो अवस्थामा रहेकाले प्रधानमन्त्री दाहाललाई आफुले दिएका सुझावहरु आत्मसात गर्न सके सामाजिक र आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान हुनुका साथै मुलुकको अर्थतन्त्र सुधारमा ठुलो सहयोग पुग्ने बताए ।

यस्ता छ्न उपाध्याय का सुझावहरु
१) नेपालको अर्थतन्त्रमा विदेशी मुद्राको अहिले ठूलो टेवा भनेको विदेशमा रहेका श्रमिक नेपालीहरूले पठाएको रेमिटेन्स हो । हुण्डी प्रथालाई निरूत्साहित गर्न बैंकिङ च्यानलबाटै रकम पठाउने र त्यसका लागि केही प्रतिशत रकम सरकारले थपिदिने बांगलादेशको मोडल नेपालमा पनि लागू गर्नुपर्छ। यसो गरिएमा नेपाल विदेशी मुद्राको अभावमा श्रीलंका र पाकिस्तान जस्तो तड्पिरहनु र अन्तर्राष्ट्रिय मुद्राकोषको अनावश्यक थोपरिएका सर्तहरूबाट नेपाल गुज्रनु पर्नेछैन।

२) नेपालमा दिगो ग्रामीण रोजगारी ह्वात्तै बढाउन र विदेशमा काम गर्ने युवाहरूले जोगाएको रकम उद्यममा लगानी गर्न उत्प्रेरित गर्न औद्योगिक र औषधीय प्रयोजनका लागि गॉजा खेती र व्यवसाय गर्न तत्काल गॉजा खेती एवं व्यवसाय नीति सार्वजनिक गर्नुपर्छ । यसका लागि विद्यमान ऐन बमोजिम नै नियमावली बनाएर सजिलै एक हप्तामा नियमावली जारी गर्न सकिन्छ।

३) नेपालका जेलमा गॉजा कसुरमा रहेका करिब १२ हजार कैदीलाई अन्य कुनै हिंसात्मक अपराध गरेका छैनन् भने अपराधमुक्त वा आम माफी दिएर कैदमुक्त गरी छाडिदिनुपर्छ ।

४) गॉजा ब्यावसाय नियमन गर्न बिज्ञसम्मिलित शक्तिशाली केन्द्रीय व्यवसायीक एजेन्सी गठन गरिहाल्नुपर्छ ।

५) विदेशमा रहेका राजदूतावासहरू विदेशमा रहेका नेपाली जनतामैत्री देखिएका छैनन्, नेपालीको पिर मर्का नसुन्ने र हाकिमगिरी गरिरहेकाले विदेशमा रहेका नेपालीहरूमा सरकारप्रति नकारात्मक धारणा दृढ हुदै गरेको देखिन्छ । राजदूतहरूलाई यसमा गम्भिर भएर नेपाली जनतामैत्री बन्न निर्देशनका साथै निगरानी गर्नुपर्छ।

६) सरकारले गरेका जनमैत्री सकारात्मक कामहरूलाई नियमित बुटेलिनमार्फत जनतामा आफै संप्रेषण गरिरहनुपर्छ।

७) नेपाली युवाहरूमा ब्याप्त बिद्रोही भावना चरम बेरोजगारी र सुशासनको अभावले हो, युवाहरूलाई संवोधन गरेर आगामी बजेटमा असल नीति घोषणा गर्नुपर्छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...