
कैलालीको जोशिपुर गाउँंपालिकाले वडा नम्बर १ का चार जना किसान खुशी राम चौधरी, कृष्ण देवी चौधरी, रामफली चौधरी, आइत राम चौधरी लगाएतका किसानहरुको गत भदौमा करिब ५ बिगाहा जमिन पाँच बर्ष को लागि भनि ठेक्का सम्झौता गरिएको थियो । जमिन ठेक्कामा लिएर अहिलेसम्म किसान हरुले जमिनको भाडा भने पाउन सकेका छैनन्।
पहिलो किस्ता पुस मसान्तसम्म दिने सम्झौता भएको भएतापनि अहिले सम्म पहिलो किस्ता समेत नपाएको गुनासो किसानले गरेका छन् ।खुशी राम चौधरी भन्छन् पालिका अध्यक्ष संग बुझ्दा दिन्छौं मात्रै भनेको छन् तर अहिले सम्म दिएको छैनन् । अहिले हामीले खेती गर्न पाएका भएपनि बाली भित्र्याउने थियौ त्यो पनि दिइएन । अहिले न हामीले जमिन को भाडा पायौं नत अन्न भित्र्याउन पायौ ।
अर्कोतिर पालिकाले कृषि नमुना परियोजनाको लागी कुनै योजना बिना हचुवाको भरमा जमिन भाडामा लिएको देखिन्छ । जमिन लिए देखि खाली गाइ गोरु चराउने घासे मैदान भएको छ । केही बनाइएका संरचना हरु पनि जिर्ण अबस्थामा रहेका छन् ।
