एमाले नेता लेखराज भट्टबीच र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

आज विहान एमाले का नेता सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरुबीच भेटवार्ता भएको हो। सुदुरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमै पुगेर प्रधानमन्त्रीले भेटवार्ता गरेका छन्।

सो क्रममा भट्टले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन्। प्रधानमन्त्री प्रचण्डसहितको टोलीले भट्ट निवासमा खाजा समेत खाएको छ। भट्टको सचिवालयले यसलाई परिवारिक भेट भनेको छ। भट्ट माओवादी नेता एवं प्रचण्डको कोर टिममा रहेर काम गरेका हुन। नेकपाको विभाजनपछि भट्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा नै बसेका थिए।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...