नेपालको चर्चित क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग काठमान्डौ मा रहेको त्रिभुवन विश्वविद्यालय को आंगिक क्याम्पस मध्य एक, जसमा देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू आफ्नो भविष्य खोज्दै उच्च शिक्षा हासिल गर्नका लागि आएका हुन्छन्, विद्यार्थीहरुले आफ्नो भविष्य बनोस्, आफूले खोजें अनुसारको ज्ञान आर्जन गर्न सकूँ, यस ठाउँबाट ज्ञान आर्जन गरेको ज्ञान आफ्नो ठाउँमा सबैलाई दिन सकु भन्ने उद्देश्यले यस क्याम्पसमा भर्ना भयका हुन्छ।
विगत १४ वर्ष पछि २०७९ चैत्र ५ गते तोकिएको अनुसार स्ववियु निर्वाचन देशैभरिका विभिन्न क्याम्पसहरू मा शान्तिपूर्ण रूपमा तोकिए बमोजिम निर्वाचन सु सम्पन्न भयो यसै सन्दर्भमा कतिपय ठाउँमा तोकिएको समय बमोजिम निर्वाचन हुन सकेन जस् मध्य रत्न राज्यलक्ष्मी क्याम्पस पनि एक हो, रत्न राज्यलक्ष्मी क्याम्पस मा स्ववियु निर्वाचन को कुरा गर्दा अहिले सम्म पनि हुन सकेको छैन, समय तोके पनि तोकिए बमोजिम स्ववियु निर्वाचन हुन सकेको छैन, जसले गर्दा शैक्षिक क्षेत्रमा प्रतक्ष्य रूपमा असर परिरहेको छ, त्यस्तै गरी स्ववियु कै न्युमा क्याम्पस कै हाताभित्र कहिले खुकुरी हानाहान कहिले प्रहरी – विद्यार्थी बीच झडप कहिले क्याम्पस प्रशासन तोडफोड लगायत का विभिन्न खालका अराजक क्रियाकलाप दिन प्रतिदिन घटिरहेको छन्, जुन खालका अराजक गतिविधि भै रहेका छन् त्यसले गर्दा सिंगो देशमा नै ठूलो असर परि रहेको छ,
त्यस्तै गरी आर.आर क्याम्पसमा अध्यनरत बिधार्थी साथीहरु संग बुझ्दा नियमित रूपमा अध्यान गर्न आउने विद्यार्थी साथीहरु लाई क्याम्पस आउने वातावरण पनि बनी रहेको छैन क्याम्पस आउँदा मनमा त्रास बोकेर आउनु पर्ने जिउ ज्यानको बाजी लगाएर क्याम्पस भित्र छिर्नु पर्ने अनुभूति भएको छ, क्याम्पस जस्तो संवेदनशील ठाउंबाट विभिन्न खालका राम्रा कुरा सिक्नुको साटो विपरीत गतिविधि भइरहेको छ, त्यही माथि नेपाल मा पछिल्लो समय लाई हेर्दा फलस्वरूप नेपाली विद्यार्थी साथीहरुले क्याम्पस को साटो आफ्नो ज्ञान, तागत,पसिना बगाउन बिदेसिनु परिरहेको छ।
माथि उल्लेखित विषयमा सम्बन्धित निकाय अर्थात् प्रशासन जिम्मेवार हुने की नहुने भन्ने कुराले प्रश्न चिन्ह??? खडा पार्छ।
प्रशासनले विद्यार्थीहरूको हकहितका लागि काम गर्ने की नगर्ने, विभिन्न ठाउँबाट आफ्नो भविष्य खोज्दै आएका विद्यार्थीहरू माथि यसरीनै खेलवाड गर्ने की यसलाई जरै बाट उखालेर भोलिको दिनमा फेरि अराजक गतिविधि गराऊन दिने कि नदिने, भोलिको दिनमा आर.आर. क्याम्पस लाई सकारात्मक रूपबाट हेर्ने नमूना क्याम्पस को रूपमा स्थापित गराउने की नगराउने भन्ने कुराले चिन्तित बनाएको छ, अराजक गतिविधि लाई मध्यनजर न गरी जसले जे सुकै गरोस् भनेर क्याम्पस प्रशासन चुप लागेको देखिन्छ, यसरीनै क्याम्पस प्रशासन अगाडि बढ्ने हो भने भोलिको दिनमा यस क्याम्पसमा अध्ययनरत असल, इमान्दार, मिहिनेत विद्यार्थी उत्पादन हुनु को साटो गुण्डा नाइके उत्पादन हुने थलो को रूपमा परिचित हुन्छ, जसले गर्दा एउटा इतिहास बोकेको क्याम्पस को इज्जत र यस क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी हरूले आर.आर. क्याम्पस को नाम सिर ठाडो पारेर बोल्न न सक्ने अवस्था सृजना हुने संभावना देखिन्छ,
त्यस्तै गरी क्याम्पस जस्तो उच्च शिक्षा आर्जन गर्ने ठाउँबाट वास्तवमै भन्नु पर्दा असल इमान्दार नेतृत्व उत्पादन हुने ठाउँमा अराजक गतिविधि गर्ने खालका विद्यार्थी नेतृत्व साथीहरु कसरी भोलिका दिनमा नेतृत्व बहन गर्नसक्छन् भन्ने कुरा प्रमुख विषय रहेको छ जसले गर्दा आउने पिडीहरु पनि चिन्तित देखिन्छन, क्याम्पस जस्तो ठाउँबाट सबैले राम्रो ज्ञान आर्जन गरेर राम्रो गरौंला भनेर आएका हुन्छन् तर अहिलेको परिवेश लाई हेर्दा असल इमान्दार विद्यार्थी पनि एक गुण्डा नाइके बनेर घर फर्केला भन्ने डर पैदा भएको छ।
तसर्थ, यस विषयमा सम्बन्धित निकायहरु गम्भीर भएर समस्या के हो कसका कारणले अराजक गतिविधि भई रहेको छ, निष्पक्ष रुपमा कुनै पनि नाताबाद कृपाबाद न गरी छानबिन गरी, सबैको मन मुटुमा बसेको आर.आर क्याम्पस लाई देशकै नमुना क्याम्पस बनाउने तिर सबैको ध्यााकर्षण गरी कटिबद्ध भयर कसैका डर धम्की न मानी क्याम्पस भित्र को वातावरण शान्ति बनाउन को लागि क्याम्पस प्रशासन ले कस्तो खालको भुमिका खेल्नु पर्ने हो एकदमै गहन भयर समस्या को दिगो समाधान खोजी क्याम्पस मा अध्यनरत बिधार्थीहरु कार्यरत कर्मचारीहरुले आफ्नो क्याम्पसको विषयमा कुरा राख्दा सिर ठाडो पारेर राख्ने खालको वातावरण बनाउन को लागि पहलकदमी चाल्नु पर्ने देखिन्छ, यस विषयमा जति पनि माथिल्लो तह देखि तल्लो तह सम्म का सम्बन्धित निस्कायहरु छन् गम्भीर भै जिम्मेवारी व्यक्तिले आफू लगायत आफ्नो संस्थाको इज्जत बचाउन को लागि महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ।
- सुनिल बहादुर भुल
